News

{ }

Online Khabar

Language: Nepali
  • 11/24/2026 2:46:40 PM +00:00
    ८ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास परिषद्ले गएराति संयुक्त रुपमा ठमेल क्षेत्रमा गरेको अनुगमनमा पर्यटकलाई ठगी गर्नेलाई कारबाही गरेको हो । अनुगमनका क्रममा ठूला आवाजमा […]
  • 11/24/2026 2:45:36 PM +00:00
    अध्यक्ष रायले सरकारी अनुदान सहित उखु मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ हुनुपर्ने बटमलाइनबाट आफूहरू पछि नहटेको बताए ।
  • 11/24/2026 2:37:46 PM +00:00
    ८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै अघि बढ्न प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलबार कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित ‘छैटौँ कञ्चनपुर’ सम्मेलनलाई सम्बोधन गर्दै उनले नीति, बजेट र प्राविधिक सहयोगमार्फत स्थानीय सरकारहरूको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकार सधैँ […]
  • 11/24/2026 2:35:05 PM +00:00
    आफूले प्रेम गरेको मान्छेको परिवार, समाज र संस्कृतिमा आफूलाई स्वीकार गराउनुपर्ने अवस्था हो भने त्यो प्रेमको यात्रा कति जटिल हुँदो हो । प्रेममा अस्वीकार हुने डर एउटा कुरा हो, तर प्रेम गरेको मान्छेलाई स्वीकार गर्ने संसारले आफूलाई स्वीकार गर्छ कि गर्दैन भन्ने डर अर्कै कुरा हो। सोनियाको कथा पढ्दा मैले यस्तै असहजता महसुस गरिरहेँ ।
  • 11/24/2026 2:22:27 PM +00:00
    समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ ।
  • 11/24/2026 2:20:41 PM +00:00
    १६ वर्षको उमेरमा ऋण लिएर यूएई पुगेका प्रकाश कार्कीले कस्मेटिक्स कम्पनीमा सरसफाइकर्मीका रूपमा काम सुरु गरे। पाँच वर्षमै महाप्रबन्धक बनेका उनी अहिले यूएई, इराक र पाकिस्तानमा प्रसाधन सामग्री उत्पादनसम्बन्धी उद्योग सञ्चालन गरिरहेका छन्। अहिले उनको कम्पनीका उत्पादन ८० भन्दा बढी देशमा पुग्छन्।
  • 11/24/2026 2:19:13 PM +00:00
    प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।
  • 11/24/2026 2:18:09 PM +00:00
    यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?
  • 11/24/2026 2:17:46 PM +00:00
    नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ उजुरी आउन थालेका छन्। गुनासामा सरुवा, श्रीमान्–श्रीमतीको जोडी मिलान, परिवार पाल्नै कठिन हुने न्यून तलब र १६ वर्ष सेवा अवधिमै पेन्सनको व्यवस्था हुनुपर्ने माग प्रमुख छन्।
  • 11/24/2026 2:16:53 PM +00:00
    रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
  • 11/24/2026 2:16:51 PM +00:00
    दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने आवाजले नेपालमा रहेको अनुभूति गराउने गरेको छ ।
  • 11/24/2026 2:14:00 PM +00:00
    कांग्रेसले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ । सभापति गगन थापाले एउटै दलको दुई महाधिवेशन हुन नसक्ने चेतावनी दिँदै उक्त पक्षमा लाग्ने जनप्रतिनिधि हटाउने संकेत गरेका छन् ।
  • 11/24/2026 2:11:05 PM +00:00
    राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको कानुनी आधार, भूतप्रभावी नियमावलीको प्रयोग, राज्य र मधेसका किसानले बेहोर्नुपरेको क्षति तथा प्रधानमन्त्री कार्यालयको संलग्नतालगायत आठ महत्त्वपूर्ण प्रश्नमाथि समितिमा गम्भीर छलफल भएको छ।
  • 11/24/2026 2:09:48 PM +00:00
    प्रिआईपीओ बिक्री गर्नका लागि विभिन्न एजेन्ट (व्यक्ति) सक्रिय रहेका छन् । ‘केही कम्पनीको प्रिआईपीओ सकिसकेको छ, धेरैको बाँकी नै छ’ प्रिआईपीओ बिक्रीमा संलग्न एक एजेन्टले भने ।
  • 11/24/2026 2:06:49 PM +00:00
    गत आर्थिक वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ ।
  • 11/24/2026 1:46:11 PM +00:00
    सकिमना नेवार समुदायले मनाउने विशेष पूर्णिमामध्ये एक हो।
  • 11/24/2026 1:21:24 PM +00:00
    हावाहुरीले त्रिपाल उठाएपछि चुमनुब्री गाउँपालिका–३ जगतका बूढीगण्डकीका बाढीपीडित थप समस्यामा परेका छन् ।
  • 11/24/2026 1:17:38 PM +00:00
    काठमाडौं । चौथो संस्करणको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) २०८३ फागुन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै फागुन २३ गतेबाट महोत्सवको सुरु हुने बताइएको छ। आयोजकका अनुसार फागुन २४ गते सुर्खेतको होटल शुभमा कर्णाली पर्यटन चलचित्र संवाद तथा विशेष चलचित्र […]
  • 11/24/2026 1:11:54 PM +00:00
    ८ मंसिर, काठमाडौं । रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भएको हो । रोहेल नाजिर ८३ बलमा ६४ रन बनाएर नटआउट रहे । हसन नवाजले २८ रन बनाए […]
  • 11/24/2026 12:59:57 PM +00:00
    ८ मंसिर, स्याङ्जा । आजकै दिन अर्थात् २०५८ साल मंसिर ८ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणबाट क्षति पुगेको वडा प्रहरी कार्यालय वालिङको भवन २५ वर्षपछि पुनर्निर्माण भएको छ । आक्रमणबाट क्षति पुगेको पुरानो भवन भत्काएर सङ्घीय सरकारले नयाँ भवन निर्माण गरेको हो । आक्रमणपछि क्षतिग्रस्त भवन मर्मत गरेर प्रहरीले त्यहीँबाट सेवा दिँदै आएको […]
  • 11/24/2026 12:59:52 PM +00:00
    स्वीकृत आयोजना बमोजिम विकास नगरेको जग्गा सामान्य जग्गा कारोबार प्रयोजनका लागि बिक्री गर्न नपाइने प्रस्ताव सरकारले गरेको छ ।
  • 11/24/2026 12:44:51 PM +00:00
    सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमले हस्ताक्षर गरे ।
  • 11/24/2026 12:35:24 PM +00:00
    प्रधानमन्त्री स्वदेश फिर्ता भएसँगै दुवै देशका भुक्तानी प्रदायकबीच नेपालीलाई पनि भारतमा क्यूआर भुक्तानी सेवा सुरु गर्ने अनौपचारिक सहमति भएको हो ।
  • 11/24/2026 12:30:46 PM +00:00
    ८ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ को उद्घाटन गरेका छन्। नेपालमा विशिष्टीकृत जलन उपचार तथा पुनर्स्थापना सेवाको पहुँच विस्तार गर्दै यसको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले उक्त वार्ड स्थापना गरिएको हो । नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरी […]
  • 11/24/2026 12:27:44 PM +00:00
    नयाँ बाली भित्र्याएको खुसीयालीमा शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्ने राई समुदायले वाढाङ्मी (पापानी) पर्व मनाउने गर्दछन् ।
  • 11/24/2026 12:25:08 PM +00:00
    काठमाडौं । गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय फिल्मले प्रदर्शनसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म हेरेर निस्किएका दर्शकले यसको कथा, छायांकन, दृश्य, कलाकारको अभिनय र प्रस्तुतिको प्रशंसा गरेका हुन्। दर्शकले ‘हिमालयन गोल्ड’ लाई नेपाली फिल्ममा नयाँ स्वाद दिने फिल्मका रूपमा व्याख्या गरेका छन् । हिमालका आकर्षक दृश्य, […]
  • 11/24/2026 12:23:34 PM +00:00
    संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा यात्रुवाहक बस र ट्रक एकआपसमा ठोक्किँदा ११ जनाको मृत्यु भएको छ।
  • 11/24/2026 12:23:32 PM +00:00
    प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्त्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाएका छन् ।
  • 11/24/2026 12:17:33 PM +00:00
    ७ मंसिर, काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबका पौडीबाट मायोन श्रेष्ठले जितेका छन् । बाँकेको नेपालगन्जमा मंगलबारदेखि सुरु भएको पौडी स्पर्धमा पुलिसका मायोनले पुरुष १५०० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी १७ मिनेट ४८.६१ सेकेण्डमा पुरा गरे । यस्तै सुदूरपश्चिम प्रदेशका अथर्व सिंहले १८ मिनेट ०६.९४ सेकेण्डसहित रजत […]
  • 11/24/2026 12:16:23 PM +00:00
    ८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डमा ३१ कम्पनी हकप्रद सेयर निष्कासनका लागि आवेदन दिएका छन् । आवेदन दिएकामध्ये ८ कम्पनीले कागजी प्रक्रिया पूरा गरेका छन् । यद्यपि बोर्डले ती कम्पनीबारे अध्ययन पूरा नगरेकाले स्वीकृति पाइसकेका छैनन् । आवेदन दिएकामध्ये १९ कम्पनी जलविद्युत् समूहका छन् । त्यस्तै लगानी समूहका २, उत्पादन तथा प्रशोधन समूहका ३, […]